चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन) सम्ममा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रूपैयाँ बराबरको वस्तु आयात भएको छ।
यो गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा १९.१३ प्रतिशतले कम हो।
गत वर्ष साउनदेखि फागुनसम्ममा विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख बराबरको वस्तु आयात भएको थियो।
त्यस्तै, गत वर्षको तुलनमा यो वर्ष निर्यातमा पनि २०.०७ प्रतिशतले कमी आएको छ।
गत वर्ष साउनदेखि फागुनसम्ममा एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रूपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएकोमा यो वर्षको सोही अवधिमा एक खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ।
गत वर्षको तुलनामा यो वर्ष ब्यापार घाटा पनि १७.८६ प्रतिशतले घटेको छ।
गत वर्ष साउनदेखि फागुनसम्म ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रूपैयाँको ब्यापार घाटा भएकोमा यो वर्षको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ लाख ९३ करोड रूपैयाँ बराबरको ब्यापार घाटा भएको छ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा विभिन्न देशसँगको कुल वैदेशिक ब्यापार ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख रूपैयाँ बराबरको भएको छ।
कुल ब्यापारमा ९०.९९ प्रतिशत आयातको हिस्सा छ भने ९.०१ प्रतिशत निर्यातको हिस्सा छ।