चालु आर्थिक वर्षको करिब साढे आठ महिनाको अवधि (साउन देखि फागुन १२ गतेसम्ममा) ६ खर्ब राजस्व उठेको छ।
सरकारले पुस मसान्तसम्म नै ६ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म पनि यो लक्ष्य प्राप्ति हुन सकेको छैन।
१२ फागुनसम्म सरकारले पाँच खर्ब ४२ अर्ब रुपैयाँ कर राजस्व र ५८ अर्ब दुई करोड रुपैयाँ गैर कर राजस्व उठाएको छ।
त्यस्तै, चार अर्ब ८० करोड रुपैयाँको अनुदान र ३५ अर्ब ४२ करोड रुपैयाँ अन्य प्राप्त आय प्राप्त भएको छ।
हालमसम्म ऋण ऋणबाहेक ६ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ आम्दानी भएको छ।
यो अवधिमा सरकारको खर्च आठ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
गरिएको खर्चमा चालु खर्च ६ खर्ब २५ अर्ब रुपैयाँ, पुँजीगत खर्च ९० अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन खर्ब ८७ अर्ब रुपैयाँ छ।