भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनमा राखिने इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपीमै राख्ने कार्ययोजना अघि बढेको बताएका छन्।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले यस सम्बन्धमा ठेक्का पाएको कम्पनीसँग समेत कुरा अघि बढाएको बताए।
प्रधानमन्त्रीसँग समेत छलफल भएको उनले बताए। त्यस्तै उनले प्लेट रिड गर्ने गेट निर्माण गर्ने पनि बताए। यस्तो प्लेटको शुल्क महँगो भएका कारण शुल्क घटाउन समेत आफूले पहल गर्ने उनले उल्लेख गरे।