नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते हुने निर्वाचनका लागि अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।
मंगलबार महासंघको सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन्।
उनीसँगै उनको समूहबाट जिल्ला नगर उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधान र प्रवलजंग पाण्डेले एसोसिएट सदस्यमा मनोनयन दर्ता गरेका छन्।
महासंघमा पहिलोपटक त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ। यसअघि रामचन्द्र संघाई समूहले उम्मेदवारी दर्ता गराइसकेको छ भने उमेशलाल श्रेष्ठ समूहले पनि आज उम्मेदवारी दर्ता गर्दैछ।
तस्वीरहरू: