अर्थमन्त्री डा. प्रकाश शरण महतले बढ्दो ब्याजदर, आर्थिक गतिविधि घटेकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा महतले ब्याजदर कम हुनु पर्छ भन्ने सन्देश आफूले केन्द्रीय बैंकलाई दिएको बताए ।
आगामी आर्थिक वर्षको बजेट बनाउँदा अनावश्यक खर्च कटौती गर्ने मात्रै नभई पुँजीगत खर्च पनि प्राथमिकीकरण गर्ने मन्त्री महतले प्रतिबद्धता रहेको छ।
अहिले रकमान्तरको दबाब रहे पनि आफू रोक्ने प्रयासमा रहेको मन्त्री महतको भनाइ छ। राजनीतिक नेतृत्वबाट रकमान्तर गर्नु पर्छ भन्ने दबाब आएको भन्दै यसलाई रोक्ने प्रयास गरिरहेको उनले बताए।
‘खर्च प्राथमिकीकरण गर्नु पर्नेछ, वित्तीय सुशासन कायम गर्नु पर्नेछ,’ महतले भने।
उनले वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधानमा केन्द्रित हुने बताए।
राजस्व अपेक्षित नहुँदा खर्चमा समस्या परेको भन्दै उनले सीमा नाकामा चुहावट रोक्न कडा निर्देशन दिएको भन्दै उनले खर्च बढाउन पहल गरिरहेको बताए।