सगरमाथा आधार शिविरमा जाने नेपाली तथा विदेशी पर्यटकलागि लक्षित गर्दै एभरेष्ट लिंक प्रालिले हेल्लो डाक्टर सेवा सुरु गरेको छ । आइतबारदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।
सगरमाथा क्षेत्रमा आउनसक्ने आकस्मिक स्वास्थ्य समस्याबारे विदेशी तथा स्वदेशी पर्यटक र स्थानीयलाई डाक्टरसँग निशूःल्क परामर्श सेवा दिन हेल्लो डाक्टर सेवा सुरुवात गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाले बताए ।
आजदेखि सुरु भएपनि यो सेवा बुधबारबाटमात्र सबैको लागि खुल्ला हुने कम्पनीका मिडिया संयोजक चक्र कार्कीले जानकारी दिए । कुनै पनि विदेशी तथा स्वदेशी नागरिकले पदयात्राको क्रममा आफुलाई केही अप्ठयारोका परेको अवस्थाका र शारिरिक अस्वस्थता भएको अवस्थामा एभरेष्ट लिंकको बा्रउजरमा गइ निशूल्क सेवा लिन पाउने उनले बताए । सेवाको उद्घाटन सन् १९५३ को सगरमाथा आरोहण दलमा एक मात्रै जिवित सदस्य कान्छा शेर्पाले गरेका हुन ।
एभरेष्ट लिंकले नेपाल टेलिकम र एनसेलको इन्टरनेट र फोन सेवा नभएको उच्च हिमाली क्षेत्रमा इन्टरनेट पु¥याउँदै आएको छ।
एभरेष्ट लिंकको सेवा नलिएका पर्यटक र स्थानीयले पनि यो सेवा उपयोग गर्न सक्नेछन् । त्यसका लागि एभरेष्ट लिंकको पेजमा गइसकेपछि आकस्मिक सेवाका लागि राखिएको कल नामक बटम क्लिक गरी सेवा लिन सक्नेछन् ।
उक्त कल यस लिंकमा जोडिएका डाक्टरहरुको मोवाइलमा पुग्नेछ । यसरी डाक्टरसँग सम्पर्क भइसकेपछि अस्वस्थ अवस्थामा रहेको बिरामीले स्वास्थ परामर्श लिन सक्नेछन् । यसरी सम्पर्क स्थापित हुनका लागि भने डाक्टर इन्टरनेटको सम्पर्कमा हुनु पर्नेछ । प्रविधिको माध्यमबाट पर्यटकलाई सेवा दिने उद्देश्यले हेलो डाक्टर सेवा प्रारम्भ गरिएको कम्पनीको भनाइ छ।
निशुःल्क उपलब्ध हुने यसको पहिलो चरणमा ५ जना डाक्टरलाई सहभागि गराइएको र क्रमशः बिस्तार गर्दै लगिने कम्पनीले जानकारी दिएको छ।