डा ठम्म शाहीले एकमहिनाभित्र कालिकोटका विभिन्न ठाउँमा १० वटा निः शल्क स्वास्थ शिविर सन्चालन गरेका छन्।
भौगोलिक हिसाबले पिछडिएको र बिकासका पुर्बधारहरुको कमी रहेको कर्णालीमा आधारभुत स्वास्थ्य सेवाको अभाव रहेको छ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस पास गरेका कालिकोट स्थायी घर भएका शाही हाल काठमाडौंकै एक निजी अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्।
गाउँठाउँको दयनीय अवस्था देखेर आफुले सकिने भएकोले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको शाहीको भनाइ छ।
‘दुर्गम ठाउँका जनतालाई स्वास्थ चौकीसम्म पुग्न धौधौ हुन्छ, पुगे पनि औषधि पाउन कठिनाई छ,यही समस्या देखेर मैले शिविर राख्ने निधो गरे’ उनले भने।
चिनजानका साथी, डाक्टरहरु तथा समाजसेवहीहरुबाट औषधीको व्यवस्था गरेर र आफैले पनि तयसमा केही योगदान गरेर शिविर आयोजना गरेको उनले जानकारी दिए।
गाउँगाउँमा गएर जनताको घर आगनमा गएर सेवा दिने उद्देश्यले सुरु गरिएको शिविर कालिकोटको भर्ताको बलाचौओर, राजबारा, थाना, सुकाटिया, मुग्राहा, कुनि, ओदानकु, चिलखाया, जुबिथा र फोईमाहादेवमा २० दिनमा शिविर आयोजना गरिएको थिया
।
विभिन्न उमेर समूहका गरी २५ सय धेरैको स्वास्थ्य परीक्षण गरिएको शाहीले जानकारी दिए।