कैलालीको धनगढीमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले निशुल्क हेल्थ क्याम्प गरेको छ।
अल्का अस्पताल तथा काठमाडौं डाइबिटिज एण्ड थाइराइड सेन्टर प्रालिको सहयोग धनगढीस्थित नबोबुद्ध अस्पतालमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो।
मधुमेह, थाइराइड र तथा हर्मोन रोग सम्बन्धी बरिष्ठ इन्डोक्राइनोलोजिष्ट डाक्टर अशुंमाली जोशीले शिविरमा ३९३ जना विरामीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ।
शिविरमा विरामीहरुलाई निशुल्क औषधि वितरण तथा मधुमेहसम्बन्धी परीक्षणहरु गरिएको अध्यक्ष कुमार थापाले जानकारी दिए।
सुदुरपश्चिममा दक्ष चिकित्सकहरुको अभाव रहेको र आफ्नो क्षेत्रमा उपचारका लागि धनगढी जेसिज र नव बुद्ध अस्पतालले आग्रह गरेपछि अल्का अस्पतालको टिम धनगढी पुगेर क्याम्प संचालन गरेको बताएको छ।
अल्का अस्पतालले यस अघि नेपालको विकट क्षेत्रमा गएर हेल्थ क्याम्प संचालन गरिसकेको छ। आगामी दिनहरुमा पनि विकट गाउँहरुमा पुगेर हेल्थ क्याम्प संचालन गरिने अध्यक्ष थापाले बताए।