राउण्ड टेबल नेपालले ईन्टरनेशनल फाउण्डेशन दिवसको उपलक्ष्यमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८५३ पिन्ट रगत सङ्कलन गरेको छ।
रक्तदानमा विराटनगरबाट १५६, धरान १०३, विर्तामोड ३४, नारायणघाट १४७, काठमाण्डौँ १८७, वीरगञ्ज १०० र बुटवलबाट ९२ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।
‘एक पिन्ट रगतले ३ जनाको ज्यान जोगिन्छ लाखौँमा मुस्कान ल्याउँछ’ भन्ने नाराका साथ उक्त रक्तदान कार्यक्रम सञ्चालन गरेको र संकलित रगत नेपाल रेडक्रसलाइ प्रदान गरेको आयोजकले जनाएको छ।
राउण्ड टेबल नेपाल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय रहेको तथा स्थापनाकाल देखि विभिन्न सामाजिक सेवामा योगदान पुर्याउँदै आएको संस्थाले दाबी गरेको छ।