ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छुट्टै रिह्याबिलिटेशन वार्ड संचालनमा आएको छ ।
अस्पतालको सातौ तल्लामा सो वार्डमा अर्थोपेडिक तथा न्यूरो सर्जरीपछि लामो समय उपचार तथा पुर्नस्थापनाका लागि बस्नुपर्ने बिरामीहरुलाई सेवा उपलब्ध हुने छ।
पाँचवटा बेड रहेको उक्त वार्डमा फिजिकल थेरापि युनिटको प्रत्यक्ष सहभागिता हुने अस्पतालले जानकारी दिएको छ।