अल्का अस्पताल र लाइन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ टु एको संयुक्त आयोजनामा भएको हेल्दी बेबी प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ।
अस्पताल प्राङगढमा शनिबार भएको प्रतियोगिताको अन्तिम नतिजा आइतबार प्रकाशित गरिएको हो। जन्मेदेखि १ वर्षसम्मको उमेर समूहमा बानेश्वरस्थित डाक्टर शेखर केसी र बिनिता पौडेलका छोरा सिभान्स केसी प्रथम भएका छन्।
धनुषा १ का मानबहादुर धनाह मगर र प्रमिला कुमारी समालकी छोरी रेन्सी धनाह मगर द्धितीय हुँदा काभ्रे ५ का बुद्धिबहादुर र लक्ष्मी तामाङकी छोरी लिज्जा वाइवा तृतीय भएकी छन्।
१ वर्षदेखि ३ वर्ष उमेर समुहमा जावलाखेलका जनक सुनुवार र गंगा श्रेष्ठको छोरा योयल सुनुवार प्रथम, ठहिटीका इश्वीन शर्मा र किरण शर्माको छोरा लक्ष्य शर्मा दोस्रो र बिराटनगरका बिनायक मल्ल र मुनसुन मल्लकी छोरी इना मल्ला तृतिय भएकी छन्।
३ वर्षदेखि ५ वर्ष उमेर समूहमा धरान १५ का सुमन लिम्बु र सिमा रगुको छोरा साङसङ लिम्बु प्रथम भए। काठमाडौं ८ का अकिरा साहुखल र दीपा अमात्यकी छोरा अकिन द्धितिय भएका छन् भने शंखमुलकी दिलकृष्ण प्रजापति र रश्मि प्रजापतिकी छोरी रोलिसा तृतीय भएकी छिन्।
प्रतियोगितामा बिजयी भएकाहरुलाई यही जेठ १९ गते तिनकुनेस्थित रोयल ब्याङक्विटमा कार्यक्रम गरी पुरस्कार प्रदान गरिने हेल्दी बेबी प्रतियोगिताको अध्यक्ष तथा अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठले जानकारी दिइन्।
प्रतियोगितामा २ सय भन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो। बालबालिकाको शारिरीक, मानसिक, पुर्ण खोप तथा पोषण सम्बन्धि ज्ञान दिनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।