आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी इन्टरनेश्नल हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरे।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म ग्राण्डी हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्न सक्ने छन्।