मदिरा सेवन कुनै समुदायको रितिरिवाज हो, कुनै समुदायको लागि आधुनिकताको पहिचान हो भने युवा पुस्ताका लागि अरूभन्दा भिन्न देखिने फेसन वा चाहाना हो।
चाहे जेसुकै कारणले मदिरा सेवन गरे पनि उनिहरूलाई धेरै थोरै त्यसको शारीरिक वा मानसिक कु-प्रभावको बारेमा ज्ञान हुन्छ। तर, पनि दिन प्रतिदिन दुव्र्यसनमा फस्ने मानिसको संख्या विश्वब्यापी बढ्दै गइरहेको छ।
SAMHA को २०१४ मा प्रकाशित प्रतिवेदन अनुसार १२ वर्ष या त्यो भन्दा माथि उमेर समूहको ६६.६ प्रतिशत मानिसले १ वर्षको समय अवधिमा कम्तिमा एक पटक रक्सी सेवन गरेको पाइन्छ।
साथै उक्त समूह मध्ये ६.४ प्रतिशत मानिसहरु SUD निदान गरिएको हुन्छ। फेरि यस प्रतिवेदनले के जोडिदिएको छ भने उक्त तथ्याङ्क प्रति वर्ष उच्च गतिमा बढिरहेको छ।
यसका साथै NIH तथ्याङ्कले लगभग ७० प्रतिशत उच्च माध्यामिक तहमा पढ्ने विद्यार्थीले एक चोटी लागूपदार्थ सेवन गरेको देखाएको छ। त्यस मध्ये ४० प्रतिशतले पहिलो चोटी चुरोट सेवन गरेको पाइन्छ। माथिको तथ्याङ्कले के देखाउँछ भने हाम्रा युवाहरू पनि कुलतको उच्च जोखिममा रहेको सहजै अनुमान गर्न सकिन्छ।
कुलत के हो र कसरी हुन्छ?
कुलत एक प्रकारको मानसिक रोग हो। जसले मानिसलाई दुर्व्यसनीमा धकेलिरहेको हुन्छ। युवाहरुको मस्तिस्क असन्तुलनले गर्दा युवामा नसा सेवन अभिप्रेरित गर्छ। यधपि उनीहरूमा दुर्व्यशनी सम्बन्धि ज्ञान हुँदाहुँदै पनि कुलतमा फस्नु मस्तिस्कमा रहेको DOPMIN ले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
DOPMIN एउटा यस्तो तत्व हो जसले मानिसको खुसी र रिवार्डलाई नियन्त्रण गरेको हुन्छ। जसको कारण मानिस सन्तुलित जिवन बिताई रहेको हुन्छ। तर लागूपदार्थको सेवनले DOPMIN को क्षमतालाई अपहरण गर्छ जसले गर्दा युवाहरुको विकसित मानसिकतालाई आघात पुर्याई उनीहरु rewarding activities जस्तै साथिहरूसँग घुलमिल गर्ने, खेल्ने, रमाउने ब्यक्तित्व विकास गर्ने खेलकुदहरु सामेल नहुने र पारिवारिक जमघटहरु मन नपराउने तथा एक्लै रमाउने हुन थाल्छन्।
यसका अलावा युवाहरुको कलिलो मस्तिष्कले स्वस्थ्य सूचना प्रवाहबाट बञ्चित हुन गई स्वनियन्त्रण क्षमता गुमाउँछ र कुलतमा फस्छ। जुन कुरालाई Substance Use Disorder Specilist Dr. Nora Volkow ले आफ्नो अध्ययन प्रतिवेदनमा कुलतलाई एउटा मस्तिष्क रोकको उपजको रुपमा प्रस्तुत गरेकी छिन्।
‘मस्तिष्कमा भईरहने Neuro Transmitor imbalances , Dopamine and Serotonie को कारणले खुसी, आवेग र समवेदनाको अभाव हुन्छ र मस्तिष्कले लागूपदार्थबाट Sense of pleasure को अनुभूति गर्छ। जसले गर्दा आफूमा रहेको Carving ले युवाहरुलाई कुलतमा फसाउँछ।
यद्यपी, NIDAको अनुसार युवाहरू कुलतमा पर्नुमा मस्तिष्को कुप्रभाव मात्र नभई उनीहरुमा रहेको उत्सुकतालाई पनि कारक तत्वको रूपमा पनि प्रस्तुत गरेको पाइन्छ।
युवा अवस्था यस्तो अवस्था हो जुन अवस्थामा विकृतहुँदै गएको हर्मनको कारणले नयाँ कुराको अन्वेशण गर्न प्रेरित गरिरहेको हुन्छ। र त्यस्तो प्रेरणाले युवाहरु कुलतमा फस्ने गरेको पाइन्छ। यो कुरालाई एक अमेरिकन लेखक Nick Sheff ले आफ्नो बहुचर्चित तथा सर्वाधिक विक्री भएको अटो बायोग्राफी पुस्तक Tweak मा आफू कुलतमा पर्नुको कारणलाई पिताको मदिरा क्याविनेट र घरमा भइरहने पार्टीलाई प्रमुख रुपमा प्रस्तुत गरेका थिए।
उनले उक्त पुस्तकमा लेखेका छन् - उनी क्यावेनिटमा रहेको बस्तु सेवन गर्न अत्यन्तै उत्सुक थिए र पार्टीमा आफूलाई बन्चित गराई प्रयोग गरिने पेय पदार्थ उनको मानस पटलमा सधै घुमिरहन्थ्यो। जुन उत्सुकताले उनलाई लुकीलुकी मदिरा सेवन गराउन थाल्यो र पछि गएर कुलतमा फसी स्कुल छोड्न पुगेका थिए।
यसको अलावा SHEFF ले आफू र आफ्नो वरिपरीको वातावरण तथा खराब साथीको संगतलाई कुलतमा धकल्ने श्रोतको रुपमा पहिचान गरेका छन्।
‘जब उनी California हाईस्कूल सकेर Umass Amhrest पढ्दा उनीसँग बस्ने साथी र वरिपरिको वातावरणले गर्दा उनी कुलतमा लागेका थिए।
यस्तै Univercity of UTHA प्रकाशित आलेख The New science of addiction : genetic and the brain मा पनि वातावरण, संगत र पारिवारिक वातावरणलाई कुलतमा फस्नुको मुख्य कारक तत्वको रुपमा प्रस्तुत गरिएको छ।
यसका साथै NIDA को आफ्नो अनुसन्धानमा साथीको दवावमा कुलतमा पर्नुको मुख्य कारणलाई देखाएको छ। यसका साथै युवाहरू कुलतको जोखिममा पर्नुमा उनीहरुले लिने सोचाई जस्तै नयाँ आनन्दको अनुभूति गर्न, अरुभन्दा भिन्न देखिन, स्कूलमा राम्रो नतिजा ल्याउन र आफूमा रहेको तनावलाई कम गर्नु पर्छन्। तर, विभिन्न अनुसन्धान र प्रतिवेदनहरुले पारिवारिक कलह, सामाजिक बनोट, ब्यक्तिगत स्वास्थ्य र नियमित ब्यायामको अभावलाई दुब्र्यशनीको सहायक कारक तत्वको रुपमा इंकित गरेको छ।
युवाहरुलाई कुलतबाट बचाउन प्रमुख रूपमा तल उल्लेखित उपायहरु अवलम्बन गरेमा कुलतको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।
- विद्यालयमा आफ्नो मेन्टोरको सहयोग लिने वा खोजी गर्ने।
- कुलत र कुलत सम्बन्धि विषयको जानकारी लिने।
- आवश्यकता अनुसार Sponsor को पहिचान गरी उनीहरुको सल्लाह लिने।
- आवश्यकता अनुसार Self Help Group हरूमा सामेल हुने।
- पारिवारिक झगडाको न्यूनिकरण गर्ने ।
- असल साथीसंगती र राम्रो वातावरणको पहिचान गर्ने।
- पारिवारिक अभिभावकहरुले आफ्नो बालबच्चाहरु अध्ययन गर्ने स्कूलका शिक्षकहरुसँग समन्वय गरी उनीहरुको प्रगति विवरणहरुको बारेमा जानकारी लिने साथै स्कूलमा विद्यार्थीहरुको विषयहरुको बैठकहरुमा सहभागिता जनाउने।
- आफ्नो बालबालिकाहरुमा कुलतको लक्षण देखिएमा स्वास्थ्य परामर्शदातासँग उचित परामर्श लिई सुधारका लागि आवश्यक कदम चाल्ने।
- कुलतमा लागिसकेको देखिएमा स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजित उचित नियमित औषधि सेवन गर्ने।
- नियमित रुपमा शारीरिक ब्यायाम गर्ने।
- सन्तुलित भोजन गर्ने।