आइएमई प्रिभिलेज कार्डवाहकले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन्। कार्डवाहक सेवाग्राहीले अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउने छन्।
यो सुविधा अस्पताल भित्रको सेवामामात्र लागू हुने छ।
पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र धापासीस्थित ग्राण्डी अस्पतालबीच सेवा सुविधा छुट दिने सम्वन्धमा सोमबार सम्झौता भएको हो।
सम्झौताअनुसार कार्डबाहकले चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका ल्याब परिक्षण सेवा एक हजार पाँच सय रुपैयाँ शूल्कमा लिन सक्नेछन्।
यो सेवा लिनको लागि आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ।
सम्झौतामा आइएमईका लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र अस्पतालका तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरे। यो सम्झौता एक वर्षका लागि मान्य हुनेछ।