सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता भएको छ।
जीवन बीमाका लागि ग्राहकको पूर्व स्वास्थ्य परीक्षण अब मेडिसिटी अस्पताले गर्नेछ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने छ ।
सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरे।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने छ। सानिमा लाइफ इन्सुरेन्स कम्पनिका ग्राहक र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी सम्झौता भएको हो।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, इन्सुरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परीक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे।