भैसेपाटीस्थित नेपाल मेडिसिटी र कलंकीमा रहेको नेपाल नेसनल हस्पिटलबीच सेवा आदानप्रदान सम्झौता भएको छ।
मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र नेसनलका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार दुवै अस्पतालले एक अर्काको सेवासुविधालाई विरामीको उपचारमा उपयोग गर्ने लक्ष्य लिइएको छ।
मेडिसिटी अस्पतालको ७५० सैयाको क्षमता रहेको छ। हरेक भू–भाग र पृष्ठभूमिबाट आएका स्वदेशी तथा विदेशी नागरिकको स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा प्रदान गरिने मेडिसिटीले दावी गर्दै आएको छ।