भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र हिमालयन बैंकबीच सेवा आदानप्रदान सम्वन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्ड होल्डरले मेडिसिटीको सेवामा विशेष छुट पाउने छन्।
अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एस.जे.बी राणाले सम्झौतामा हस्ताक्षर गरे।
सो अवसरमा बैंकका तर्फबाट उप–महाप्रबन्धक उज्वल राजभण्डारी, सुनिल राजभण्डारी र शैलेन्द्र श्रेष्ठ तथा अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट राज राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी र अस्पतालका कर्पोरेट अधिकृत तेन्जीङ्ग कुन्सेल बज्राचार्यको सहभागिता थियो।