नेपाल मेडिसिटी र प्राइम कमर्सियल बैंक बीच सहकार्य सम्झौता भएको छ। सम्झौता अनुसार अब प्राइमका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त गर्ने छन्।
भैसेपाटीमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट नायव महाप्रबन्धक भाइराजा तुलाधरले हस्ताक्षर गरे।
नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने भावनालाई अभियानको रुपमा अस्पतालले अगाडि बढाएको बताउँदै महाप्रबन्धक रिमालले आर्थिक, सामाजिक लगायतका संस्थाहरुसँग सहकार्य गर्दै जाने योजना बनाएको महाप्रबन्धक बताए।