‘उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु’ भन्ने मूल नारासहित नेपाल मेडिसिटी अस्पतालमा ‘ब्रेष्ट एण्ड एसोफेगस’ सम्मेलन सुरु भएको छ। सम्मेलन तीन दिनसम्म चल्नेछ।
अमेरिका स्थित विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटीले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलन आयोजना गरेका हुन्। सम्मेलनमा नेपालबाट करिब २ सय भन्दा बढी क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिष्टहरुले सहभागिता जनाएका छन्।
अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रीनविच र एल न्यु हेभेन अस्पतालका डा. बार्बरा वार्ड, डा. बेरी बौइड्, डा. अस्वथा नारायण, डा. पउल वेटर्स र डा. एल्सा रास्किनको टोली उपस्थिति छ।
सम्मेलनमास्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुखाइ व्यवस्थापन लगायतका विषयमा बृहत छलफल हुनेछ।
स्तन र खाने नलीमा भएका क्यान्सरको जटिल शल्यक्रिया मेडिसिटी अस्पतालको अपरेशन थिएटरदेखि सम्मेलन स्थलमा प्रत्येक्ष रुपमा देखाइएको थियो।