ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले धापाखेलका ७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विल चेयर प्रदान गरेको छ।
अल्का अस्पताल, तथा अल्का पोलिक्लिनिक प्रालि सातदोबाटोले शनिबार ललितपुरको धापाखेलमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा प्रदेश नम्बर ३ की सांसद देवकी वान्तवाले ह्विल चेयर प्रदान प्रदान गरेकी हुन्।
उनले पूर्ण गोपाल श्रेष्ठ, बासुदेव खड्का, गीता मालाकार, तारा महर्जन, सम्झना कार्की, गोमा खत्री र पवित्रा ज्ञवालीलाई ह्विल चेयर प्रदान गरेकी हुन्।
ह्विलचेयर पाएपछि उनीहरू खुसी मुद्रामा देखिएका थिए। जल्पा माविमा भएको नि:शुल्क स्वास्थ्य शिविरलाई लाइन्स क्लबअफ काठमाडौं अल्का, लियो क्लब काठमाडौं अल्का र नागदह पर्यटन सहकारीले सहयोग गरेका थिए।
शिविरमा स्त्री रोग विशेषज्ञ, बाथरोग विशेषज्ञ,दन्त रोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ र जनरल फिजिसियनहरूले करिब ३ सय बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।
अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठले स्थानीय निकायहरूसँग स्वास्थ्य शिविर र ह्विल चेयर बाँड्न पाउँदा खुसी भएको बताइन्।