सामान्य भाषामा टन्सील भनेको जन्मेदेखि नै आउने चिज हो। सामान्य मानिसले बुझ्नेगरी भन्ने हो भने जिब्रोको दायाँ बायाँ दुई वटा टन्सील हुन्छ। त्यसबाहेक अरू ठाउँमा पनि टन्सील हुन्छ।
हाम्रो समाजमा के समस्या छ भने घाँटी दुख्यो भन्नसाथ टन्सील भयो भनेर चिकित्सककहाँ जान्छन्। टन्सील जन्मजात नै भएको हुन्छ जसरी आँखा, नाक, कान मुख हुन्छ त्यसरी नै टन्सील पनि बनेको हुन्छ। त्यसमा ‘इन्फेक्शन’ भयो भने समस्या आउने हो। त्यसलाई टन्सील लाइकडिस भन्छौं। यो टन्सील लाइकडीस प्रायः बच्चालाई हुन्छ तर बयष्कलाई पनि हुनसक्छ। बच्चाहरुलाई जस्तो भने हुँदैन।
टन्सीलको रोगहरु
टन्सीलका रोगहरु सामान्यतया दुई किसिमका छन् ।एउटा टन्सिलाइटीज हो। यसमा एकदमै धेरै घाँटी दुख्छ। खाना खान नसक्ने गरेर घाँटी दुख्छ। ज्वरो धेरै आउँछ। र त्यसको तोडले कहिलेकाँही घाँटीको बाहिरी भागमा समेत सुनिएर डल्लो हुन्छ।
अरू कारणले दुखेको घाँटीभन्दा टन्सीलाइटीज् भएर दुखेको घाँटीमा बढी पिडा हुन्छ। यस्तो भएको अवस्थामा एन्टिबायोटीकनै खानुपर्छ। पेनिस्लीन भन्ने ग्रुपको एन्टबायोटीक खान दिन्छौ। यो सबैलाई दिन्छौ। तर बाराम्बार टन्सीलाइटीज भइरहेको छ। हरेक महिनामा भइरहेको छ भने वर्षको ५-६ पटक भयो भने त्यसलाई निकालेर फ्याक्नुपर्छ।
वर्षमा पाँच ६ चोटी हुनु भनेको एन्टीबायोटीक पनि त्यती नै चोटी खानु पर्यो जसले गर्दा काममा समस्या पर्छ। बच्चाहरू छ भने स्कुल जान पाएनन्। त्यसमा पनि आफूले पाउने पीडा त छँदैछ। यस्तो खपेर बस्नुभन्दा टन्सीललाई निकालेर फ्याक्नुपर्छ। टन्सील आफैंमा रोग होइन।
बालबालिकालाई बढी हुन्छ टन्सीलको समस्या
टंसीलाइटीज् भएर इन्फेक्शन नहुने तर टन्सीलको साइज ठूलो भएर श्वासप्रश्वासमा समस्या आउँछ । यो बच्चाहरुलाई अली बढी हुन्छ। तीन वर्षदेखि आठ वर्षसम्मको बच्चालाई बढी हुन्छ। टंसीलको आकार पनि बढ्छ। नाक पछाडि एउटा मासु हुन्छ यसलाई एडिनाइट भनिन्छ। यसको पनि आकार बढ्छ। टंशीलको साइज पनि ठूलो हुने र एडीनाइटको साइज पनि ठूलो हुन्छ। जसले गर्दा बच्चालाई श्वासप्रश्वासमा समस्या आउँछ। यसले गर्दा बच्चालाई घुर्ने समस्याले सताउँछ।
एडीनाइट धेरै ठूलो भएपछि कान पछाडि समस्या गराउँछ। नाक र कान जोड्ने नली हुन्छ एउटा कानतीर एउटा नाकतीर नाकतीरको मुख बन्द भयो भने एडीनाइटको साइज ठूलो भएर कानमा पानी जम्छ यसले गर्दा बच्चामा कान नसुन्ने समस्या आउन सक्छ।
एडीनाइट आठ नौ वर्ष भएपछि घट्दै जान्छ। अलि अलि भएको छ भने यसलाई औषधिले ठीक गर्छ। नाकको प्वाल पुरै बन्द भएको छ भने खुर्किनुपर्छ र टंसील पनि झिक्नुपर्ने हुन्छ। यसाई ओसास भनिन्छ। बच्चालाई हुने यस्तो रोगलाई ओसास भनिन्छ।
टन्सीलको समस्या किन हुन्छ?
इन्फेक्सनको कारणले नै टन्सील हुन्छ। एउटा भाइरलबाट र अर्को व्याक्टेरीयाको कारणले हुन्छ। भाइरल टन्सीलाइटीज् आफैं निको पनि हुनसक्छ। व्याक्टेरीइल टन्सीलका लागि भने औषधि नै खानुपर्छ। श्वासप्रश्वासको कारणले नै टन्सीलाइटिज हुन्छ। मान्छेको शरीरमा कमजोरीपना बढ्दै जाने र श्वासप्रश्वासमा समस्या आउने भयो भने टन्सीलाइीटज हुन्छ।
चिसोको कारणले टन्सील हुन्छ भन्ने मान्यता पनि छ। चिसोलेनै गर्दा टन्सीलाइटिज् हुने होइन, तर बढी स्ट्रेस छ भने टन्सील हुन्छ। शरीर कमजोर भयो भने टन्सीलाइटिज हुन्छ।
टन्सील हुँदा चिसो तातो दुवै खान सकिदैन। तर, चिसो खानाले संवेदनशील घाँटी हुनेहरुलाई त्यसले असर गर्छ।
यो संक्रमणको कुरा हो। यसका लागि हाम्रो वरपरको वातावरण नै राम्रो हुनपर्छ। हामीले राम्रो खाने राम्रो लगाउने गरेर मात्रै हुँदैन। समग्र वातावरण नै सफा हुनपर्छ। सफा सुद्ध हावा हुनपर्छ। यो भयो भने संक्रमण नै कम हुन्छ। यसबाट जोगीन धेरै उपाय केही पनि छैन।
उपचार कसरी गर्ने?
संक्रमण भएपछि एन्टीबायोटीक नै खानुपर्छ। वर्षमा एकचोटी भएको समस्यालाई एन्टीबायोटीकले ठीक गर्छ तर सधैभरी भइरह्यो भने संक्रमण जरा जरामा गएर बस्छ। यस्तो अवस्थामा यसलाई निकालेर फ्याक्नुपर्छ। यसको उपचार समयमा भएन भने दायाँ बायाँ फैलिन्छ घाँटीको भित्र भित्र भागमा पिपको पोकाहरू जम्मा हुन्छ। घाँटीको भित्री भागमा पोका पोका भएर बसेको हुन्छ। यस्तो बेलामा अलि बढी गम्भीर हुन्छ। यस्तो भयो भने बिरामीलाई अस्पतालमा समेत भर्ना गर्नुपर्छ।
यसले मुटुमा असर गर्छ भन्ने छ तर टन्सील बिग्रीएर मुटुमा असर गर्ने भन्ने होइन। यसले मुटु र किड्नी असर गर्छ भन्ने मान्यता छ तर यसको कुनै अध्ययन भएको छैन। क्रस रियाक्सन भएर बेलाबखत यसले असर गर्न सक्छ। बाराम्बार टन्सील हुनेलाई पनि असर नगर्न पनि सक्छ।
उपचार
यसको उपचार नाक, कान, घाँटीका डाक्टरले गर्छन्। यो सामान्य खालको अप्रेशन नै हो। हरेक अप्रेसन आफैंमा जटिल त हुन्छ। यसमा पनि अलि धेरै रगत जाने ,संक्रमण हुने हुन्छ तर यसलाई व्यवस्थापन गर्न सकिन्छ। जिउ ज्यानलाई नै नोक्सान गर्ने खालको अप्रेशन होइन। यसको उपचार सहज नै छ।