स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स कैलालीस्थित सिपी अस्पतालबीच नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता पत्रमा आइएमईका तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरे।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकलाई बीमालेखको सीमासम्म सिपी अस्पतालबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ।