ग्लोबल आइएमई बैंकका कार्डबाहकले ग्रीन सिटी अस्पताल बसुन्धरामा उपचार गराउँदा छुट पाउने भएका छन्। बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन्।
सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा अस्पतालका सिनियर हस्पिटल म्यानेजर मनिष दवाडी र बैंकका कार्ड वितरण तथा प्रवद्र्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे।
बैंकले ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी विभिन्न योजनाहरु ल्याईरहेको छ।
बैंकका देशभर १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजश्व संकलन काउन्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।