किष्ट मेडिकल र टिचिङ अस्पतालको संयूक्त प्रयासमा मैँया श्रेष्ठको नाजुक हातको शल्य–उपचार सफल भएको छ।
श्रेष्ठ ४ महिना अघि ललितपुरको टिकाथलीमा दुर्घटनामा परेकी थिइन्। उनको दाहिने हात र टाउकोमा गम्भीर चोट लागेको थियो।
२६ वटा शल्यक्रिया पछि हात सकुशल भएको जनाइएको छ। श्रेष्ठलाई १४० दिन अस्पतालमा राखिएको थियो।
उनको उपचारमा डा. सुरज बज्राचार्य, डा. श्रीराज श्रेष्ठ, डा. सौरभ दाहाल, डा. बसन्त महर्जन, तथा अन्य परामर्शदाताको सहयोग रहेको अस्पतालले जनाएको छ।