नोबेल मेडिकल कलेजले मोरङको कानेपोखरीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय भन्दा बढी बिरामी लाभान्वित भएका छन्।
ग्रामीण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कानेपोखरी गाउँपालिका–६ रमाइलो मंगलवारेमा सञ्चालन गरिएको शिविरबाट ५ सय ७ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा पाएको मेडिकल कलेजले जनाएको छ।
कलेजका अनुुसार शिविरमा ८१ जनाको भिडियो एक्सरे,४३ जनाको ल्यावटेष्ट गरिएको थियो।
शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ६९ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए ।
उनका अनुसार अस्पताल रिफर गरिएका बिरामीलाई नोबेल कै गाडीमा ल्याएर आर्थिक अवस्था मुल्यांकन गरी पूर्ण रुपमा निःशुल्क वा ५० प्रतिशत छुटमा उपचार गरिएको हो।
नियमित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको नोबेलले गत आर्थिक वर्ष शिविर मार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको छ ।