-डा. विजय शर्मा
भ्रूणको कुरा गर्नुपर्दा सुरुमा इनफर्टिलिटिको कुरा आउँछ, यसलाई हामी बाँझोपन भनेर भन्छौं। यसलाई एक अर्थमा भन्दा यो महिला र पुरुष दुवैमा हुनसक्छ।
बिहे भएको लामो समयसम्म नियमित शारीरिक सम्पर्क हुँदा पनि गर्भ बसेन भने त्यसलाई हामी बाँझोपन भनेर बुझ्छौं।
अहिलेको समाजमा जुन बाँझोपनको समस्या छ, त्यसमा १० देखि १५ प्रतिशत महिला र पुरुष दुबैमा नै देखिन्छ।
यसको कारण वातावरणीय, सामाजिक, काम गराइको प्रकृति फरक फरक हुन सक्छ। कुनै रेडिएसनसँग सम्बन्धित काम गर्ने व्यक्ति, पेट्रोलियम पदार्थ तथा खानीमा काम गर्ने व्यक्ति, धेरै तातो ठाउँमा काम गर्नेसँग सम्बन्ध राख्ने अथवा लामो समयसम्म गाडी चलाउनेहरूमा यस्तो समस्या देखिएको छ।
बाँझोपनको समस्या आएपछि दम्पत्ति क्लिनिकमा आउँछन्। त्यो बेलामा उनीहरूको दुई चरणको टेस्ट हुन्छ। एउटा महिलाको छुट्टै स्क्रिडिङ अर्को पुरुषको स्क्रिडिङ हुन्छ।
पुरुषको स्क्रिडिङमा वीर्य धातु जसलाई स्पर्म भन्छौं त्यसको टेस्ट हामी एन्ड्रोलोजी ल्याबमा गर्छौं। त्यसको केही क्राइटेरियाहरू छन् यसमा वीर्यको मर्फोलोजिकल एनालाइसिस हामीले गर्छौं।
सामान्यतया: विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्डहरू छन् जसको मर्फोेलोजिकल सिमन एनलाइसिसमा बढीमा १५ देखि २० मिलियन पर एमएल प्रतिशत काउन्ट हुनुपर्छ ।
बच्चा बस्नको लागि एउटा मात्र स्पर्म भए पुग्छ ता पनि प्रकृतिले यो यस्तो बनाइदिएको छ, त्यसलाई १५ मिलियन भन्दा बढी काउन्ट हुनुपर्छ।
त्यसभित्र पनि क्राइटेरियाहरु हुन्छन् जस्तो मोटिलिटीको कुरा आउँछ, यो एउटा प्रोग्रेसिब मोटाइलको कुरा आउँछ, एउटा ननप्रोग्रेसिबको कुरा आउँछ, अर्को इमोटाइल भन्नेको कुरा आउँछ।
प्रोग्रेसिब मोटाइलको जुन प्रतिशत हुन्छ त्यो बढीमा ४० प्रतिशत भएको राम्रो मानिन्छ। यो त नर्मल क्राइटेरियाको कुरा आयो। एबनर्मल क्राइटेरियामा कहिले कहिले काउन्ट नै कम आइदिने १५ मिलियन भन्दा कम आउने अनि मोर्टिलिटी कम आउने हुन्छ । त्यस्तो बेलामासँगै बसेर पनि बिहे भएको ८ वर्ष १० वर्ष भइसकेको दम्पत्ति पनि आउँछन्। यस बेलामा मूख्यकारण स्पर्म हुनसक्छ।
त्यस्तो बेलामा पनि स्त्री रोग विशेषज्ञले महिलाको स्क्रिनिङ गर्छन्। स्क्रिनिङ गर्ने बेलामा पनि उनको ट्युव ठिक छ कि छैन, हर्मोनको लेबल ठिक छ कि छैन, ओभरी ठिक छ कि छैन, एएमएच भन्ने एउटा हर्मोन हुन्छ, त्यसको लेबल कस्तो छ? सबै हेर्छन्।
अब यो पेसेन्ट प्रोपर आइभिएफ अथवा टेष्ट ट्युव बेबीमा जान्छ भन्ने निर्णय गरेर स्त्री रोग वा टेष्ट ट्युव बेबी विशषज्ञले सल्लाह दिन्छन्।
इन्भिट्रोफर्टिलाइजेसन भनेको जुन कुरा हुनुपर्ने थियो नर्मल अवस्थामा गर्भ बस्नुपर्ने थियो। त्यो प्रोपर रुपमा बसेन त्यसलाई हामीले बाहिर गर्ने प्रक्रियालाई टेष्ट ट्युव बेबी भनेर परिभाषित गर्छौ । वास्तवमा टेष्ट ट्युवमै नभएर सर्टेन मेसिनहरु हुन्छ, जुन ल्याब आइभिएफ भित्र गरिने प्रोसेस हो । त्यसलाई इनभिट्रोफर्टिलाइजेसन गछौं।
त्यसको चरणहरु कस्तो हुन्छ भने सुरुमा आइभिएफ गर्ने निर्णय भइसकेकपछि महिलालाई स्त्री रोग विशेषज्ञले उचित परामर्श दिन्छन्।
यसमा विभिन्न प्रकारका हार्मोनहरु हुन्छन्।
सर्ट प्रोटोकल, लङ्ग प्रोटोकल भन्ने टर्मिनोलोजी छ। त्यसमा फरक हार्मोनहरु दिएर दम्पत्तिलाई परामर्श दिइन्छ । एउटा महिनावारीको फरक २८ देखि ३० दिनको हुन्छ, १३, १४ अथवा १५ औं दिनमा ओभुलोसन हुन्छ। त्यो बेलामा फलिकुलोमिट्री भन्ने एउटा टर्मिनोलोजी हुन्छ, त्यो भनेको अल्ट्रासाउण्ड गरेर अण्डाको साइज कत्रो छ भनेर हेर्ने हो । त्यस बेलामा अण्डा फुट्यो र शारिरीक सम्बन्ध भयो भने गर्भ बस्छ।
ओभरीबाट नर्मल एउटा अण्डा आउँछ। सकेसम्म हामीले बढी अण्डा बनाउने प्रयास गछौं। अण्डा आउने दिन ओभम फुट्ने बेलामा ओ टी मा गएर निकाल्नु पर्ने हुन्छ। सानो एनेस्थेसिया दिएर १० देखि १५ मिनेट अचेत बनाउनुपर्छ।
त्यो प्रोसिजर मार्फत ओभरीबाट अथवा डिम्बासयबाट अण्डा निकाल्ने प्रोसेस हो। त्यहाँबाट हामी अण्डा निकाल्छौं अनि राखिदिन्छौं । अण्डा झिकिसकेपछि त्यो अन्डालाई प्रोसेस गछौं सो प्रोसेस गर्ने भनेको त्यहाँ दुई थरिको प्रोसेस हुन्छ। जुन हामीले पेसेन्टलाई सजिलोगरी बुझाउनलाई एउटा आइभिएफ (ivf)भयो जसलाई इनभिट्रो फर्टिलाइजेसन भनिन्छ, अर्को प्रोसेस इक्सी (icsi) भन्ने हुन्छ ।
यो दुई ओटा टर्मिनोलोजी हुन्छ, आइभिएफ गर्ने बेलामा उदाहरणका लागि ५ वटा अण्डा पायौं भने त्यो अण्डा निकालेको दिनमा नै महिलाको श्रीमानको सिमेन एनालाइसिसको रिर्पोट पनि हेर्छौ । त्यो दिन स्याम्पल लिन्छौं।
त्यो फ्रेस स्याम्पल लिने बेलामा वीर्य काउन्ट राम्रो छ भन आइभिएफको लागि जान्छौं । यस पछिको अर्को प्रक्रिया भनेको इनभिट्रोमेचोरेसन हो । त्यो आइभिएफ भन्दा अघिकोे प्रोसेस हुन्छ।
त्यसमा हामीले अन्डा निकालिसकेपछि त्यसलाई इनभिट्रोमेचोरेसन गराउँछौं। त्यो पछि त्यसको पछाडि हामीले स्पम छोड्छौं । अनि स्पर्म छोडिसकेपछि त्यसको १७ देखि १८ घण्टा पछि फर्टिलाइजेसन हेर्छौ। कत्तिको फर्टिलाइजेसन ग्रयो स्पमले भनेर हेर्छौ ।
उदाहरणका लागि ५ वटा अण्डा थियो भने कति ओटा फर्टिलाइज भयो? नर्मली ७० देखि ८० प्रतिशत फर्टिलाइजेसन भइरहेको हुन्छ। त्यो फर्टिलाइजेसन भइसके पछि पनि हामीले त्यसको ग्रेडिङ गर्नुपर्ने हुन्छ।
त्यसको पिएन चेक गर्नुपर्ने हुन्छ। पिएन र पिबि चेक गर्नुपर्ने हुन्छ। फर्टिलाइजेसन भइसकेपछि ग्रेडिङमा कुन हिसाबको फर्टिलाइजेसन भएको छ हेर्छौ । अनि फर्टिलाइजेसन भइसकेको कुरालाई हामीले त्यसपछि एम्ब्रियोज बनाउँछौंं एम्ब्रियोज भनेको भ्रूण हो ।
त्यसलाई कल्चर मिडियामा त्यसलाई ग्रोथ गराउँछौं। अप टू फाइव डे सम्म त्यसलाई ल्याबमा ग्रो गराउन मिल्छ।
डे थ्रीमा यसलाई ट्रान्सफर गर्न मिल्छ। एम्ब्रियोज ट्रान्सफर गर्ने बेलामा २ वटा एम्ब्रियोज ट्रान्सफर गर्ने कि तीन ओटा गर्ने भन्ने कुरा कन्सल्टिङ डाक्टरलाई भन्छौं। यदि उनले ठिक छ भने भने हामीले दुई वटा गर्ने कि तीन वटा गर्ने सल्लाह अनुसार ट्रान्सफर गर्छौं ।
टेष्ट ट्युव बेबी गर्ने अधिकाशंको बच्चा किन जुम्ल्याहा हुन्छ
हामी एम्ब्रियोज ट्रान्सफर गर्ने बेलामा नर्मली दुई वटा वा तीन ओटा ट्रान्सफर गछौं किन भने यो धेरै महँगो उपचार पद्धति हो । त्यसैले दम्पत्तिको खर्च तीन लाख रुपैयाँ जति भइसकेको हुन्छ।
साधारणतया अमेरिका, यूरोपमा सिङगल एम्ब्रियोज ट्रान्सफर हुन्छ। त्यो पनि एम्ब्रियोज बनेको ५ दिनमा । उनीहरुको देशका आ आफ्नै निति नियम छ। त्यो नियमले उनीहरुलाई एउटा मात्रै ट्रान्सफर गर भनेको छ ।
तर हामी भने ३ दिनमा एम्ब्रियोज ट्रान्सफर गर्छौ । सकेसम्म हामीले दुई अथवा तीन वटा ट्रान्सफर गर्छौ। कहिले कहिले दुई वटा अथवा तीन वटा ट्रान्सफर गर्ने बेलामा दुई ओटा इम्प्लान्ट भयो भने जुम्ल्याहा बच्चा जन्मिने हुन्छ। तर कहिलेकाही एउटै ट्रान्सफर गर्दा पनि त्यो एउटा नै डिभिजन भएर मोनोजाइगोटिक टुइन्स हुन्छ।
साधारणतया दुई ओटा वा तीन ओटा ट्रान्सफर गर्ने बेलामा दुइटा इम्प्लान्ट भइदिन्छ। बच्चा दानी राम्रो ग्रोथ भएको छ भने राम्रो न्युट्रेसनको फ्याक्टर छ भने इम्प्लान्टिङ रेट दुई ओटा हुन्छ त्यसैले बच्चा जुम्ल्याहा जन्मिन्छ।
लिक्विट नाइट्रोजन भन्ने एउटा तरल पदार्थ हुन्छ, भ्रूण त्यसमा फ्रिज गर्न पनि मिल्छ। त्यो फ्रिज गरिसकेपछि पछि पनि प्रयोग गर्न सकिन्छ। हामीले पछिपनि काम लाग्छ सक्छ भनेर भ्रुण स्टोरमा राखेका हुन्छौं ।
एक पटक भु्रण ट्रान्सफर गर्दा गर्भ बसेन भने फ्रिज गरेको भ्रूण फेरि प्रयोग गर्न मिल्छ। दम्पत्तिले होइन यो पटक बसेन अब ६ महिना पछि फेरि त्यो भ्रूणलाई प्रयोग गर्छु भन्नुभयो भने त्यो गर्न सकिन्छ।
भ्रूण ५, वर्ष १० वर्ष १५ वर्ष २० वर्ष सम्मको लागि फ्रिज गर्न मिल्छ दम्पत्ति अहिले २० वर्षको भए भने र उनीहरूलाई ४० वर्ष उमेर पछि गएर गर्न मन लाग्यो भने पनि गर्न मिल्छ।
मैले आइभिएफको कुरा भने ,अर्को इक्सिको कुरा हुन्छ। आइभिएफ त नर्मल काउन्ट भएको दम्पत्तिलाई भयो। इक्सि जुन मैले भने इन्ट्राप्लाइमिक स्पर्म इन्जेक्सन, यसमा कसैको स्पर्म काउन्ट गर्दा धेरै पेनिक काउन्ट आउँछ।
अनि मोटोलिटी पनि राम्रो छैन ,स्पर्मको मुभमेन्ट पनि राम्रो छैन। श्रीमानको काउन्ट राम्रो छैन भने त्यस्तो बेलामा हामीले स्पमलाइ लिएर प्रोसेसिङ हुन्छ त्यसपछि बेस्ट स्पर्म हामीले छान्छौं। र आइभिएफको ल्याबमा गएर इक्सी माइक्रोमेनुपुलेसन मेसिनमा एउटा स्पमलाई समातेर एउटा अण्डालाई समातेर फर्टिलाइजेसन गराउँछौं।
त्यसमा हामीलाई धेरै स्पम चाँहिदैन। त्यसैले बेस्ट स्पर्म छानेर एउटा स्पर्म र एउटा अण्डालाई फर्टिलाइजेसन गराउँछौं, त्यसपछि हामीले त्यसलाई ग्रोथ गराएर तेस्रो दिनमा ट्रान्सफर गर्छौं।
-डाक्टर शर्मा शिक्षण अस्पताल महाराजगन्जमा असिष्टेन्ट प्रोफेसरको रुपमा कार्यरत छन्। क्लिनिकल वायोकेमेष्टिमा एमडी/एमफिल गरेका उनी अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरका एब्रियोलोजिष्ट हुन् ।