विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्वमुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइदैछ ।
विश्व मुटु दिवसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन् ।
त्यसकै सिलसिलामा गतवर्ष नर्भिक अस्पतालले विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणलाई संलग्न गराई आज काठमाडौंमा एक वृहत् प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ।
सेप्टेम्बर २९ तारीख अर्थात् भोलि असोज १३ गते शनिबार विहान ८ः०० बजे देखि १०ः०० बजे सम्म मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने अस्पतालले जानकारी दिएको छ।