सेञ्चुरी बैंकले विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनय कुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा शिविर सम्पन्न भएको बताइएको छ।
शिविरमा इसिजी तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण गरिएको हो। १५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बैंकको भनाइ छ।
बैंकका काठमाडौंमा १२ शाखा, ६ एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९२ शाखा, २ एक्स्टेन्सन काउन्टर र १० शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा छन्।