नोबेल शिक्षण अस्पतालले मोरङको बेलवारी र सुन्दरहरैचामा स्वास्थ्य शिविर सञ्चालन गरी ७ सय ४५ जना बिरामीको उपचार गरेको छ ।
बेलवारी–४ कसेनी मावि र सुन्दरहरैचा–१० खोर्सानेमा शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ । कसेनी माविमा सञ्चालित शिविरबाट ४ सय ३५ जना र खोर्सानेमा सञ्चालित शिविरमा ३ सय १२ जनाको निशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।
कसेनीको शिविरमा १ सय ५३ जनाको भिडियो एक्सरे, १ सय २० जनाको ल्यावटेष्ट र ४१ जनाको ईसीजी र ६१ जनालाई नोबेल अस्पताल रिफर गरेको अस्पतालको भनाइ छ।
खोर्सानेको शिविरमा ३५ जनाको भिडियो एक्सरे, १३ जनाको ईसीजी र १ सय १ जनाको ल्यावटेष्ट गरिएको छ । शिविरमा उपचार सम्भव नभएका २७ जनालाई नोबेल अस्पताल रिफर गरिएको जनसम्पर्क अधिकृत दाहालले बताए ।
शिविरमा मेडिसिन, स्त्री, बाल, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक लगायत रोगको उपचार गरिएको छ ।