ह्याम्स अस्पताल र एसबीआइ बैंकबीच स्वास्थ्य सेवाका विषयमा सम्झौता भएको छ।
आज एक समारोहका बीच एसआइबी बैंकमा एकाउन्ट भएका तथा सो बैंकको कार्ड होल्डरहरुलाई स्वास्थ्य सेवामा छुट दिन ह्याम्स अस्पतालले सहमति जनाएको छ।
बैंकका कार्ड होल्डरहरु अस्पतालले १० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ। सहमति पत्रमा अस्पतालका अध्यक्ष रामशरण भण्डारी र बैंकका तर्फबाट सिइयो शिवकान्त कानुन्जोले हस्ताक्षर गरेका छन।
भण्डारीले साे सेवा सदुपयाेग गर्न बैंकका एकाउन्टकर्ताहरुसँग आग्रह गरे।