अन्तर्राष्ट्रिय कन्डम दिवस नेपालमा पनि मनाइँदै छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अगुवाइमा एड्स हेल्थ केयर फाउण्डेशन, राष्ट्रिय एचआइभी तथा एड्स महासघं र अन्य साझेदार निकायहरुले विविध जनचेतनामुलक कार्यक्रम गरि भ्यालेन्टाइ डे को अघिल्लो दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्।
कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम दिवस मनाउन थालिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए।
नेपालमा विगत १० वर्ष देखि एचआइभी व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको संस्था एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दिपक ढुंगेलले पछिल्लो समय एचआइभी संक्रमणको दर घट्दो क्रममा रहेकाले हाल सञ्चालीत कार्यक्रमहरुलाई अझ व्यापक बनाउनुपर्ने बताए।
एचआइभी संक्रमितहरुको छाता संगठन राष्ट्रिय एचआइभी तथा एड्स महासघंका अध्यक्ष राजेश दिदियाले संक्रमितहरुकै सञ्जालको प्रयोग गरि देशैभरी जनचेतना अभिबृद्धीको पहल भइरहेको जानकारी दिए।
सन् २०१७ को अन्त्य सम्मको तथ्यांकअनुसार संंसारभर ३ करोड ६९ लाखव्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा ३२ हजार २० जनामाएचआईभी संंक्रमण रहेको हुन सक्ने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अनुमान छ।
झण्डै ७७ प्रतिशत एचआईभी संक्रमण कण्डम विना गरिने यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको केन्द्रको दाबी छ ।
नेपालमा १५ देखि ४९ उमेर समूहका महिलाबीच गरिएको सर्वेक्षणअनुसार ४ प्रतिशतले यौन सम्पर्क गर्दा कन्डम प्रयोग गर्ने गरेका छन्।