टर्किको इस्तान्बुलमा रहेको खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसंगको सहकार्यका क्यान्सर केन्द्रको स्थापना गर्ने विषयमा सम्झौता गरेको छ ।
ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल टर्कि व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छन्ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार अब निकट भविष्यमानै टर्किको खयी मेडिकलले नेपालमा बन्ने क्यान्सर केन्द्रको संरचना विकास गर्ने र उपकरणहरु भित्र्याउँदै क्यान्सरका सम्पूर्ण उपचार नेपालमै सम्भव गर्ने वातावरणको विकास गर्ने उल्लेख छ ।
अस्पतालका अध्यक्ष डा. महतोले यस किसिमको सम्झौताले स्वदेशमै नेपालीहरुले क्यान्सर जस्तो रोगको उच्चस्तरिय उपचार पाउने र विदेशसम्म पुग्नु नपर्ने बताए।सबै वर्ग र समुदायसम्म उपचार पहँुच योग्य बनाउन पनि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।
नेपाल टर्कि व्यपार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छिनले सम्झौताको प्राथमिक चरणमा अधिक जनसंख्यामा देखिएको क्यान्सर जस्तो रोगको निराकरणमा टेवा पु¥याउन लागी पर्ने बताए।