नोबेल शिक्षण अस्पतालले इन्डोस्कोपी मार्फत १४ जना बिरामीको पित्त नलीको ढुंगा निकालेको छ।
अस्पतालले एकै दिनमा १४ जनाको सफल इन्डोस्कोपी गरेर नयाँ रेकर्ड कायम गरेको दावी गरेको छ। ईआरसीपी बिधि बिना चिरफार पित्त नलीको पत्थरी (ढुंगा) निकाल्ने प्रविधि हो।
यसअघि धुलीखेल अस्पतालले एकै दिन ११ वटा ईआरसीपी गरेको अस्पतालले जनाएको छ।त्यसयता नोबेलले यो नयाँ रेकर्ड बनाएको डा.यादवको दावी छ।
अस्पतालका अनुसार सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकालिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, यअे प्रविधिमा विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकालिने भएकाले सहज हुने बिरामीहरु बताउँछन्।