नेपाल मेडिसिटी अस्पतालले ‘नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स’(एनएबिएच)को मान्यता प्राप्त गरेको छ।
मान्यतासँगै अस्पताल विश्वस्तरीय स्तरको सूचीमा सूचिकृत भएको अस्पतालले जनाएको छ।एनएबिएचका प्रमुख कार्यकारी अधिकृत डा. हरिश नद्कमीले मेडिसिटी अस्पतालकी प्रबन्ध निर्देशक डा. समता प्रसादलाई मान्यता प्रमाणपत्र हस्तान्तरण गरेका हुन।
मेडिसिटी सेवा, जनशक्ति ब्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामीमैत्री पूर्वाधार तथा अन्तर्राष्ट्रिय मापदण्डको सही ब्यवस्थापनले आज राष्ट्र सेवामा समर्पित अस्पतालका रुपमा चिनिइको अस्पतालको दाबी छ।
बलियो संस्थाको रुपमा रहेको एनएबिएचले अस्पताल र स्वास्थ्य सेवा प्रदायकको सेवा गुणस्तरीय र सुरक्षित रहेको प्रत्याभूति गराउँने अस्पतालले जनाएको छ।
यसले बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका १२ वटा सदस्य राष्ट्रको एक्रिडिटेसन कार्यक्रम सरह विश्वभरीका स्वास्थ्य संस्थाहरुलाई मान्यता प्रदान गर्दछ ।
अस्पतालका अनुसार एनएबबिएचले भारतका १७ हजार बढी अस्पताल मध्ये हाल सम्म ५९२ वटालाई मात्र एनएबिएच मान्यता प्रदान गरेको छ।
भारत बाहिर फिलिपिन्स पछि पहिलो पल्ट नेपाललाई यो मान्यता प्राप्त गरेको अस्पतालले जानकारी दिएको छ।
उपचारका लागि विदेश जान नपरोस् र नेपालमै काम गर्न सक्ने वातावरण, पूर्वाधार र प्रविधिको विकासले विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीलाई नेपालमै आएर काम गर्न अभिप्रेरित गर्ने मेडिसिटीको उद्येश्यलाई यस मान्यताले सहयोग गरेको अस्पतालको भनाइ छ।
नेपाल मेडिसिटी अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकतामा राखी विदेशबाट उपचारका लागि नेपाल आउने वातावरणलाई सहजता प्रदान गर्ने अस्पतालको भनाइ छ।