नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली आवश्यक मेडिकल उपकरण सहित हेलिकप्टरमा बारा पुगेको छ।
बारामा गएराती भएको भिषण हावाहुरीका कारण दुर्घटनामा परेका घाइतेहरुको उद्धार एवं उपचारका लागि आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको अस्पतालले जनाएको छ। ।
त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि यतिबेला बारामा छन।