नोबेल शिक्षण अस्पतालले बिगत एक बर्षको अवधिमा स्वास्थ्य शिविर मार्फत ६५ हजार बढी बिरामीको निःशुल्क उपचार गरेको छ।
७५ बैशाख देखि चैतसम्मको अवधिमा प्रदेश नम्बर १ र २ का १२ जिल्लामा ८७ वटा शिविरबाट ६५ हजार ३ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालको दाबी छ।
नोबेलले प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु र इलाममा शिविर सञ्चालन गरेको छ,। त्यस्तै प्रदेश नम्बर २ को सिरहा, सप्तरी र धनुषाका बिभिन्न स्थानमा शिविर सञ्चालन गरी बिरामीको उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।
सो क्रममा ७ हजार ४ सय जनाको ईसीजी, १० हजार ५ सय ४० जनाको ल्याबटेष्ट र १ हजार ४ सय २५ जनाको भिडियो एक्सरे गरिएको अस्पतालको भनाइ छ।