रोग लागेपछिमात्र अस्पताल तथा क्लिनिक जाने नेपालीहरुको बानी आजभोलि परिवर्तन भइरहेको छ। चिकत्कीय सूझाव तथा स्वास्थस्यसम्बन्धी सचेतनाका कारण केही नहुँदा पनि स्वास्थ्य जाँच गरिरहेका छन्।
सरकारी देखि निजी अस्पताल तथा पोलिक्लिनिकहरुले यस्तो सेवा दिइरहेका छन्। अस्पतालमा हुने लामो लाइन तथा प्रक्रियागत झन्झटका कारण कतिपयको रोजाइ पोलिक्लिनिक हुने गरेको छ।
यसो हुँदा पूरै स्वास्थ्यका जाँच गर्नका लागि लामो समय लाग्ने भएका कारण कतियका लागि चेकजाँच गर्ने काम टरिहरेको हुन्छ। यही समस्यालाई समाधान गर्न भन्दै जाउलाखेलमा रहेको क्लिनिक प्लस वनले समाधानको उपाया ल्याएको छ।
आवस्यक स्वास्थ्य जाँचका लागि अनुकुल समय र विशेषज्ञ डाक्टरसहितको सेवा दिइरहेको उक्त क्लिनिकका कार्यकारी निर्देशक रघुवीर बिक्रम राणाले जानकारी दिए।
“कम्तिमा वर्षमा एकपटक होलबडी चेकअप गर्नुपर्छ भन्नेमा सबैलाई जानकारी भएकै विषय हो यस्तोमा कतिपयले चाहेर पनि अफिस समयका कारण भ्याउनु भएको हुँदैन त्यस्तैका लागि हामीले सेवा ल्याएका छौं” उनले भने।
उनका अनुसार ५ हजार ५ सय रुपैयाँमा साधारण होलबडी चेकअप हुन्छ। यसमा विभिन्न परीक्षण हुन्छन्। यसका लागि विहान दश बजे अघि खाली पेटमा क्लिनिक पुग्नुपर्छ।
विहान नमुना दिएर गएपछि बेलुका चार बजेपछि रिपोर्ट आउछ, त्यो रिपोर्ट लिएर डाक्टरसँग देखाउन पाइन्छ। क्लिनिकमा विभिन्न विधाका विशेषज्ञ डाक्टरहरु भएको राणाले जानकारी दिए।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ल्याव तथा इक्वीपमनेन्ट राखिएको उनको दाबी छ।