नेपाल मेडिसिटी अस्पतालले २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’ (बिना शल्यक्रिया) उपचार गरिएको छ।
मेडिसिटीका अनुसार माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइराइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ ।
चिकित्सकका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ।
नेपालमा कहीँ–कहीँ यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरको लागि यो पहिलो सफलता भएको उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओमबिजु पन्तले बताए।
सिटी स्क्यान गरी सामान्य एनेस्थेसीयाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरिएको हो । आइतबार सम्पन्न माइक्रोवेभ एबलेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्राडा रामकुुमार घिमिरे , सोही विभागका डा. ओमबिजु पन्त तथा एनेस्थिेसेलोजीष्ट डा. अपूर्व शर्मा सहभागी थिए।