टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुने भएको छ।
अस्पतालमा गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क पाउने अस्पतालले जनाएको छ।
बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको सहुलियत पाउँदै आएका छन्।
टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन तुलनात्मक रुपमा महंगो हुने भएकाले नोबेलले गरिव तथा बिपन्न बिरामीलाई लक्षित गर्दै शल्यक्रिया शूल्क न्यूनतम कायम गरेर निःशुल्क शल्यक्रिया हुने व्यवस्था मिलाएको हो।
गरिव तथा बिपन्न बिरामीको आर्थिक समस्यालाई मध्यनजर गर्दै अस्पताल सञ्चालक डा.सुनिल शर्माले न्यूरो सम्बन्धि शल्यक्रिया शुल्क न्यूनतम ३० हजारदेखि अधिकतम ५५ हजार मात्र कायम गराएपछि टाउको र मेरुदण्डको शल्यक्रिया निःशुल्क हुन थालेको न्यूरो सर्जन डा.प्रकाश काफ्लेले बताए।
गुणस्तरीय उपचारलाई प्राथमिकता दिँदै आएको नोबेलले दुई अर्व २० करोडको लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेर बिश्वकै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको अस्पतालको दाबी छ।