भिटामिन ‘ई’ हाम्रो शरीरको लागि महत्वपूर्ण हुन्छ तर यसले शरीरमा ‘फ्याट’ बढाउने चिन्ताले हामी यसको प्रयोग कम गर्नेगछौँ। तर यसको सही तरिकाले प्रयोग गर्न जान्यौँ भने यसले बिभिन्न रोगबाट बचाउँछ।
मानव शरीरको लागि आवस्यक भिटामिनहरुमा ए,बि१, बि२, बि३, बि५, बि६, बि९, बि१२ सी, डि, इ र के रहेका छन्। स्वास्थ्य रहनका लागि हाम्रो शरीरमा यी सबै भिटामिनको आवश्यक्ता पर्छ।
भिटामिन ‘ई’का फाइदा
भिटामिन इ एक घुलनशील भिटामिन हो। यसका धेरै प्रकारका रुप हुन्छन्। शरीरका लागि सबै भन्दा बढी उपयोगी भिटामिन भनेको ‘अल्फा कोटोफेरल’ मानिन्छ। यसले शरीरमा बिकार उत्पादन हुन दिँदैन्। मानिसमा दैनिक १५ मिलिग्राम भिटामिन ‘ई’ को आवस्यक्ता रहन्छ।
भिटामिन ‘ई’ ले मुटु सम्बन्धी रोगलाई निको पार्न मदत गर्छ। यसले आँखा सम्बन्धी रोग लाग्न नदिन पनि सहयोग गर्ने गर्छ।
भिटामिन ‘ई’ अल्जाइमरको बिरामीका लागि पनि उत्तम आहार बन्न सक्छ।
भिटामिन ‘ई’ का श्रोतहरु
बदाम
१०० ग्राम बदाममा २५.६ मिलिग्राम भिटामिन ‘ई’ हुन्छ।
एभोकाडो
एभोकाडोमा भरपूर्ण मात्रामा पौष्टिक तत्व पाइन्छन्। जसमध्ये भिटामिन ‘ई’ एक हो। १०० ग्राम एभोकाडोमा १४ प्रतिशत भिटामिन ‘ई’ पाइन्छ।
सूर्यमुखी फूलको बिउ
सूर्यमुखीको बिउ भिटामिन ‘ई’को राम्रो श्रोत मानिन्छ। यसमा १०० ग्राम सूयमुखीको बिउमा ३५.७ मिलिग्राम भिटामिन ‘ई’ पाइन्छ।
नेपाली बदाम (मुङ्गफली)
‘स्नेक्स’का रुपमा प्रयोग गरिने १०० ग्राम नेपाली बदाममा ४४ प्रतिशत भिटामीन ‘ई’ पाइन्छ।
मस्यौराको तेल(स्वयाबिन)
सय ग्राम रिफाइन्ड स्वयाबिन तेलमा ८.८ मिलिग्राम भिटामिन ‘ई’ पाइन्छ।
पालुँगो
सबै भन्दा कम क्यालोरीको तरकारीको रुपमा पालुँगोलाई लिने गरिन्छ। यसमा भिटामिन ‘ई’का साथसाथै ए, सी, र के पनि प्रश्स्त पाइन्छ।
श्रोतः युएसडिए(युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रिकल्चर)