नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ।
यो सेवा सुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ।असार महिना भित्रै सेवा सुरु गरिने मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए।
‘सामान आईसक्यो, केही प्राविधिक काम सकेपछि सर्जरी सुरु गछौँ।’ डा.नेपालले भने। ओपन हार्ट सर्जरीका लागि अत्याधुनिक उपकरण र बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाईएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।