नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुप अफ टेक्निकल असिस्टेन्ससंगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको छ। असार १३ र १४का दिन ललितपुरमा आयोजना हुने गोष्ठिको स्वास्थ्य तथा जनसंख्या मन्त्रीले गर्ने छन्।
‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास‘ विषयमा यो सम्मेलन केन्द्रित रहने अस्पतालले जानकारी दिएको छ।
पछिल्लो समय वर्षमा विश्वभर स्वास्थ्यकर्मीहरुको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीहरु अस्पतालमै मृत्यु हुने गरेको छ । मृत्युको कारणहरुमध्ये अमेरिकामा यसरी मृत्युहुनेहरुको संख्या तेश्रो नम्बरमा रहेको पाइएको छ जुन सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्यासंग तुलनात्मक रुपमा रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दिन अस्पताल भर्ना हुने दश मध्ये एक विरामीमा नकारात्मक असर पर्ने गरेको छ जसले समान्य देखि जटिल हुँदै मृत्युसम्म पनि पुर्याएको पाइन्छ । अधिकांश अवस्थामा संक्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगमा निर्देशन गर्नु, औषधिको मात्रा बढि हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने पाइएको छ ।
नेपाल मेडिसिटी अस्पतालले बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सो का लागि आवश्यक नीति तथा प्रक्रिया अघि सार्दै भारतको गुणस्तरीय बोर्ड द्वारा नेशनल अक्रेडिटेशन बोर्ड फर हेल्थ एण्ड हस्पिटल को अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ । यस किसिमको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपाली अस्पतालहरु मध्ये नेपाल मेडिसिटी पहिलो हो भने एनएबिएच अन्तर्राष्ट्रिय प्राप्त गर्ने संसारकै तेश्रो हो ।