नोबेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको अप्रेशन सफलतापूर्वक गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ बर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको अप्रेशन सफलतापूर्वक गरिएको अस्पतालले जानकारी दिएको छ।
आन्द्राको ठुलो भाग, पेनक्रियाज ग्रन्थी र पित्तको नली काटेर जोड्नुपर्ने हुँनाले यो अप्रेशन जटिल हुने गरेको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । डा.यादवका अनुसार पेनक्रियाज ग्रान्थी काट्ने क्रममा सँगै रहेका धमनीमा चोट लाग्ने संभावना धेरै हुन्छ । चोट लागेमा बिरामीको ज्यान नै जान सक्छ । काटेर नयाँ तरिकाले जोड्नुपर्ने हुँनाले राम्रोसँग नजोडिने र नजोडिदा बिरामीको ज्यान बचाउँन गाह्रो पर्ने डा.यादब बताउँछन् ।
अप्रेशन सफल भएपछि अहिले बिरामीको स्वास्थ्यमा सुधार आएको छ ।
‘बिरामको पीडाका कारण अव बाच्दिन जस्तो लागेको थियो । अप्रेशन गरेपछि अहिले ठिक छु । अव केहि बर्ष बाच्छु जस्तो लागेको छ ।’ बिरामी ढकालले भनिन् ।
स्वास्थ्यमा सुधार भएपछि बिरामी ढकाल अस्पतालबाट घर फर्किएकी छन् ।