प्रदेश ३ को राजधानी हेटौडामा अत्याधुनिक डाइग्नोसिस सेण्टर सञ्चालनमा आएको छ ।
काठमाडौंमा काम गरिरहेका डा उमेश श्रेष्ठ र अशोक तायलले हेटौडा डाइग्नोसिस सेण्टर शनिबारदेखि सञ्चालनमा ल्याएका हुन ।
२४ सै घण्टा सञ्चालनमा आउन सक्ने आधुनिक प्रविधिको सिटिस्कयान(32स्लाइस) मेसिन,फोरडी सुविधा भएको अल्ट्रासाउण्ड मेसिन राखिएको छ ।
दुर्घटनाका बेलामा टाउकोमा कति चोट लागेको छ,रगत जमेको छकि छैन,मस्तिष्कको अवस्था लगायत थाहा पाउन सिटिस्क्यानले सहयोग गर्छ । भिडियो एक्सरेले पेटमा रहेको समस्या लगाएन भने सिटिस्क्यानकै प्रयोगबाट सकिने डा उमेश श्रेष्ठले सेतोपाटीलाई बताए । शरीरभित्र रहेको ट्युमर क्यान्सर लगायतको समस्या पत्ता लगाउन पनि यसकै प्रयोग गरिन्छ ।
त्यसैगरि अल्ट्रासाउण्डले विशेषगरि गर्भमा रहेको बच्चाको सबैखाले अवस्था पत्ता लगाउन सहयोग गर्छ । कलेजो,किड्नी,पिसाव थैली,पाठेघरमा रहेको समस्यालाई पत्ता लगाउन अल्ट्रासाउण्डको प्रयोग हुन्छ ।
डाइग्नोसिस सेण्टरले बिरामीको रोगको मात्रा पत्ता लगाएर त्यहि अनुसारको उपचार खोज्न सहयोग पुर्याउने डा श्रेष्ठले बताए ।
५ करोडको लागतमा स्थापना भएको डाइग्नोसिस सेण्टर हेटौडाकै सुविधासम्पन्न रहेको उनको दावी छ।