शिक्षण अस्पताल महारजगन्जमा तेस्रो पटक कलेजो प्रत्यारोपण सम्पन्न भएको छ।
रूपन्देहीका ५० वर्षीय बिरामीलाई उनका २७ वर्षीय छोराले कलेजो दान गरेका हुन्।
अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारीको टोलीले सफल रूपमा कलेजो प्रत्यारोपण गरेको हो।
कलेजो प्रत्यारोपणका लागि दिल्लीको फोर्टिस अस्पतालका वरिष्ठ सर्जन डा विवेक विजले सहयोग गरेका थिए।
तेस्रो पटक पनि कलेजो प्रत्यारोपण सफल भएपछि आफ्नो टिमलाई आत्मविश्वास बढेको भण्डारीले सेतोपाटीलाई बताए।