गुल्कोज वा चिनी हाम्रो शरिरलाई नभई नहुने तत्व हो, यस्ले हाम्रो शरिरलाई नियमित रुपमा काम गर्न चाहिने उर्जा प्रदान गर्दछ । यहि गुल्कोज वा चिनीको मात्रा हाम्रो शरिरमा हुनु पर्ने भन्दा बढि भएको स्थितिलाई नै मधुमेह भनिन्छ ।
मधुमेह भएमा मुख सुक्ने, पिसाब बढि लाग्ने, भोक बढि लाग्ने र दुब्लाउदै जाने जस्ता लक्ष्णहरु देखिन्छन । तर मधुमेह भएका करिब पचास प्रतिशत बिरामीहरुमा यी लक्षणहरु नदेखिएर अरुनै केहि कारणले रगतको जाँच गराउदाँ पनि मधुमेह देखिन सक्छ र मधुमेह भई औषधि सेवन गरिराखेका कतिपय बिरामीहरुमा सुरुका वर्षहरुमा रगतमा गुल्कोजको मात्रा बढि हुदा पनि खासै गाह्रोे नहुने हुदा धेरै बिरामीहरुले नियमित जाँच नगराउने वा औषधि सेवन नगरि त्यसै बस्ने गर्नु हुन्छ र उहाँहरुमा के भ्रम हुन्छ भने, मलाइ केहि पनि गाह्रोे भएको छैन त्यसैले मैले मधुमेह किन नियन्त्रण गर्ने ?
माथि उल्लेख गरे झै गुल्कोजले हाम्रो शरिरलाई चाहिने उर्जा प्रदान गर्दछ भने यदि केहि कारणले यसको कमि भएमा मानिसको ज्यान पनि जान सक्छ भने यदि यस्को मात्रा बढि भएमा यसले मानव शरिरमा खास गरेर दुई प्रकारको जटिल्ताहरु निमत्याउछ, पहिलो भनेको मधुमेह हुने वितिकै देखिने जटिल्ताहरु जस्तै माथि उल्लिखित लक्षणहरुका साथसाथै घाउ खटिरा बारम्बार आउने, निको नहुने, जिऊ चिलाउने, आखा धमिलो हुने, रोग प्रतिकारमक शक्ति कमजोर भई बारम्बार ज्वरो आउनका साथै यदि गुल्कोजको मात्रा अत्यधिक बढेमा बेहोश हुने वा ज्यान पनि जान सक्छ । यदि रगतमा गुल्कोजको मात्रा समयमा नै नियन्त्रण गर्न सके माथि उल्लिखित जटिलताहरुबाट सजिलै छुटकारा पाउन सकिन्छ ।
मधुमेह एक दिर्घ रोग हो र यदि मधुमेह समयमा नै नियन्त्रण गर्न सकिएन भने यसले दिर्गकालिन जटिलताहरु निम्त्याउछ र यि जटिलताहरु भइसके पछि यसबाट छुट्रकारा पाउन सकिन्न र यसले स्वास्थमा गम्भिर असर गर्दछ ।
मधुमेहले मानव शरिरका धेरै जसो सबै अगँहरुमा दिर्धकालिन असर गरि जटिलताहरु निम्त्याउछ । जस्तै मधुमेह भएका बिरामीहरुमा पक्षघातको जोखिम अरुमा भन्दा २ देखि ४ गुणा बढी हुन्छ भने मधुमेह भएका हरुमा बिरसने रोग जस्तै अलजाईमर र डिमेनसिया पनि साधारण जनसख्या भन्दा बढि हुन्छ।
मधुमेह भएका बिरामीहरुमा यदि लामो समय सम्म रगतमा गुल्कोज नियन्त्रण नगरे यस्ले आखाँ भित्रका साना रगत नलिहरुलाई असर गरि दृष्टि नै जान सक्छ, अहिले विश्वमा अकालमा दृष्टि गुम्ने वा अन्धोपन गराउने प्रमुख कारण नै मधुमेह हो भने मधुमेह भएका बिरामीहरुमा मोतियाविन्दु र जलविन्दुको प्रकोप पनि साधारण जनसख्या भन्दा बढि हुन्छ।
मधुमेहले दात तथा गिजाको समूया पनि बढाउँछ, यस्तै गरि मधुमेह भएका बिरामिहरुमा हार्ट अटाक हुने, अकाल मृत्यु हुने जोखिम २ देखि ४ गुणा बढि हुन्छ भने मधुमेह भएका बिरामीहरुमा करिब ८० प्रतिशत बिरामीहरुको मृत्युको कारण पनि मुटु रोग नै हो ।समयमा नै मधुमेह नियन्त्रण नगरे यस्ले किड्नीमा असर गरि किड्नी फेलयेर हुने जोखिम बढाउँछ, अहिले विश्वमा किड्नी फेलयेर भएर डाईलाइसिस गनुपर्ने र किड्नी प्रत्यारोपण गनुपर्ने प्रमुख कारण नै मधुमेह हो ।
प्रत्येक तीन जना मधुमेह भएका बिरामीहरुमा एक जनामा किड्नीको समस्या देखा पर्दछ त्यसैले पनि मधुमेह नियन्त्रण ग्रनु पदर्छ । मधुमेह भएका बिरामीहरुमा करिब दुई तिहाईमा शरिरका विभिन्न नशाहरुको समस्या देखा परि हात खुटा झमझम गर्ने, पोल्ने, दुख्ने, पेट ढुम्म फुल्ने, यौन दुरबलता, कबजियत गराउने, छाला सुख्खा हुने, बल्डप्रेशर र मुटुको धडकन गढबड हुने गराउँछ ।
मधुमेह भएका बिरामीहरुमा खुट्टामा जाने रगतको नलि बन्द भई हिडदा खुटटा दुख्ने, खुटटा सदै चिसो हुने र खुटटाको घाउँ निको नहुने गराउँनुका साथै खुटटा काटनु पर्ने जोखिम पनि बढाउँछ ।
अमेरिका र युरोपका विभिन्न देशहरुमा गरिएको एक अध्यनमा के देखिएको छ भने मधुमेह भएका बिरामीहरुको अकाल मृत्यृ हुने जोखिम साधारण जनसख्या भन्दा २ गुणा बढी हुन्छ भने यदि मधुमेह भएका बिरामीहरुमा हार्ट अटाक पनि भएको छ भने अकाल मृत्यृ हुने जोखिम ४ गुण बढी हुन्छ भने यदि मधुमेह भएका बिरामीहरुमा हार्ट अटाक र पद्दघात पनि भएको छ भने अकाल मृत्यृ हुने जोखिम ८ गुणा बढछ।
यहि अध्ययनले के देखाएको छ भने ६० वर्षको उमेरमा यदि मधुमेह र हार्ट अटाक वा पक्षघात भएको कुनै बिरामी छ भने त्यो बिरामीको औसत आयु १२ वर्षले घटछ भने यदि ६० वर्षको उमेरमा मधुमेह, हार्ट अट्याक र पक्षघात सबै भएकोे बिरामीको औसत आयु १५ वर्षले घटछ, त्यस्तै यदि ४० वर्ष को उमेरमै मधुमेह, हार्ट अट्याक र पक्षघात भएका बिरामीहरुको घटछ औसत २३ वर्षले घटछ ।
माथि उल्लिखित मधुमेह हुने वितिकै देखिने जटिलताहरु र विषेश गरि यसबाट हुने दिर्धकालिन जटिलताहरुबाट बच्न समयमा नै चिकित्सकको सल्लाह अनुसार सन्तुलित आहार र नियमित व्यायामको साथसाथै बल्डप्रेशर, कोलेशट्रोल र वजन नियन्त्रण गर्नुका साथसाथै धुमपान र मद्यपान बन्द गर्नु पर्छ भने चिकित्सकको सल्लाह अनुसार नियमित रगतमा गुल्कोजको मात्रा जाचँ गरि आवश्यक परेको खण्डमा नियमित औषधीको सेवन गरि मधुमेहलाई नियन्त्रण गर्नु पदर्छ ।
मधुमेह भएका बिरामीहरुले साधारण तया प्रत्येक महिना खाली पेट र खाना पछिको गुल्कोजको साथसाथै बल्डप्रेशर र वजन जाचँ गर्नु पदर्छ भने प्रत्येक तिन महिनामा एचबिएवानसी र पिसाबको साधारण जाचँ गनु पदर्छ भने प्रत्येक ६ महिना देखि १ वषमा किडनी, कलेजो, बोशो र मुटुको साथसाथै आखाँको पनि जाचँ गर्नु पर्दछ भने राति सुत्ने बेलामा आफनो खुटटामा घाउँ भएन भएको जाच्नु पर्दछ ।
हाम्रो देशको आफनो कुनै तंथ्याक नभए पनि अमेरिकामा गरिएको एक अध्यनले के देखाएको छ भने मधुमेहको उपचारका लागिमात्र स्न २०१७ मा करिब तीन सय २७ अर्ब अमेरिकी डलर खर्च भएको थियो भने यस्को करिब आधा रकम मधुमेहको दिर्धकालिन जटिलताहरुको उपचारको लागि खर्च भएको थियो । यसै अध्यनमा मधुमेह मात्र भएका बिरामिहरुको तुलनामा यदि दिर्धकालिन जटिलताहरु पनि भएका बिरामिहरुको उपचार खर्च ४ देखि ८ गुणा बढि भएको थियो ।
त्यसैले हामी जस्तो गरिब देशले सर्वप्रथम सबै नेपालीहरुलाई मधुमेह हुनबाट बच्न आज देखि नै सन्तुलित आहार खाने र नियमित व्याम गर्नुको साथसाथै प्रत्येक व्यशक नागरिकले नियमित रुपमा रगतमा गुल्कोजको मात्रा जाचँ गराई मधुमेह भएनभएको जानकारी लिनु पदर्छ भने मधुमेह भई सकेका बिरामीहरुले मधुमेह भएको थाहा हुने बित्तिकै चिकित्सकको सल्लाह अनुरुप मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ।
डा.सुनिल पोखरेल
मधुमेह,थाइराइड तथा हर्मोन रोग विशेषज्ञ