ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि बिशेषज्ञ सेवा शुरु भएको छ ।
भारतको नयाँदिल्लीस्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढ स्थित पिजिआईबाट र्युमाटोलोजीमा डीएम गरेका बाथरोग विशेषज्ञ डाक्टर साकेत झाले वाथरोगीहरुको उपचार गर्ने अस्पतालले जनाएको छ ।
डा झा वाथ रोगमा डिएम गरेका पहिलो नेपाली विशेषज्ञ रहेको अस्पतालको दावी छ । डा झा दीर्घ रोगका रुपमा बाथरोगबाट पिडितहरुको उपचारमा विशेष दख्खल राख्छन् ।
वाथ रोगको समस्या भयावह रुपमा रहेको अवस्थामा नेपालमा नै सहि उपचारकालागि विशेषज्ञ सहितको उपचार सेवा प्रदायकका रुपमा आउनुलाई स्वास्थ्य क्षेत्रकै ठुलो उपलब्धी भएको अस्पतालको दावी छ ।
चावहिलमा रहेको सो अस्पतालले आउदो विहिबार बिशान ८ बजेदेखि १० बजेसम्म र अपरान्ह २ बजेदेखि साँझ ५ बजेसम्म बाथरोगका बिरामीहरुकालागि निःशुल्क ओपिडी सेवा संचालन समेत गर्ने भएको छ