रेजर वाक्सिङ अथवा रौं निकाल्ने क्रिमले पटक–पटक रौं निकाल्दा हैरान हुन भएको छ भने अब ढुक्क हुन भए हुन्छ।
‘लेजर हेयर रिमोभल ( रौं हटाउने) नामको प्रविधि’ नेपालमा भित्रिसकेको छ।
यो प्रविधिले स्थायी रुपमा नै रौं निकाल्ने भएकोले विश्वमै रुचाइएको छ।
रौं निकाल्नको लागि विभिन्न प्रकारको लेजरमा पनि अहिले विश्वस्तरको विश्वासनीय ‘डिओड ट्रिपल वोइभलेन्थ लेजर’ (Diode triple wavelength laser) समेत नेपालमा उपलब्ध भएको छ।
यसले सबै प्रकारको छाला (कालो, गाेराे, गहुँगोरो)मा भएको रौं उत्तिकै प्रभावकारी तरिकाले पूर्ण सुरक्षित रुपमा निकालिन्छ
शरीरको विभिन्न भागमा रौं र छालाको किसिम पनि फरक/फरक हुनाले त्यहीअनुसार लेजरको पारामिटर सेट गर्नुपर्छ।
तसर्थः उक्त जानकारी र तालिम प्राप्त चिकित्सकसँग लेजर गराएमा परीणाम अझ प्रभावकारी हुन्छ।
‘लेजर हेयर रिमुभल ट्रिटमेन्ट’ (laser hair removal treatment)बाट कम ऊर्जा (light energy)को प्रयोग गरी रौं पलाउने जरालाई सधैंका लागि निष्क्रिय बनाइन्छ।
एकपटक ‘लेजर ट्रिटमेन्ट’ गरेर सबै जरा निष्क्रिय नहुने भएकाले रौं र छालाको किसिमअनुसार (Multiple treatment sesions) २–६ चरणसम्मको उपचार आवश्यक पर्छ।
यसरी निष्क्रिय भएका जराबाट पुनः रौं पलाउने सम्भावना अत्यन्तै न्यून भएर जान्छ। लेजरले काम गर्ने मुख्य Principle selective photothermolysis भएकाे हुनाले यस प्रविधिले आफ्नो निसानाबाहेक वरिपरिको संरचनालाई कुनै असर गर्दैन। तसर्थः लेजर उपचारले अन्य नकारात्मक प्रभाव समेत पर्दैन।
छाला तथा सौन्दर्य विशेषज्ञ डा. उमा क्याल