काठमाडौंको चावहिलमा रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहुलियत अफरसहितका सर्जरी प्याकेज अघि सारेको छ।
प्याकेज अन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा अगाडि सारेको छ । पहिलो किसिमको प्याकेजलाई इन्टरमिडिएट सर्जरी भनिएको छ जस अन्तर्गत मात्र बत्तिस हजार रुपैंयामा शल्यकृया गराउन सकिने अस्पतालले जनाएको छ।
दोश्रो किसिमको प्याकेज अन्तर्गत भने मेजर अप्रेशन समावेश गरिएको छ । यस प्याकेज अन्तर्गत मात्र छत्तिस हजार रुपैंयामा अप्रेशन गराउन सकिने बताइएको छ ।
प्याकेजमा ल्यापरोस्कोपिक बिधि बाट (दुरबिनको प्रयोगबाट) पित्त थैलीको पथ्थरी, एपेन्डिक्स लगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ । यसको साथमा ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरु समेत समावेश रहेका छन् ।
सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र डाक्टरको कन्सल्टेशन चार्ज समेत समेटिएको यस प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताए।क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नु पर्ने उनले बताए।
सर्जरी प्याकेजका बारेमा थप जानकारीका लागि अस्पतालको कर्पोरेट डेस्कमा प्रत्यक्ष सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ। प्याकेज अफर यही २०७६ साल पुस १९ गते देखी पुस २९ गतेसम्म लागू हुने समाचारमा जनाइएको छ ।