ग्राण्डी ईन्टरनेसनल अस्पतालले ४० बेडमा नि:शुल्क सेवा दिने भएको छ । अस्पतालले आफ्नो सातौ वार्षिकोत्सवको अवसरमा सिदार्थ वार्ड स्थापना गरी आर्थिक स्थित कमजोर भएकाहरुको लागि छुटै वार्डमा ४० वटा बेडको सेवा दिने भएको हो ।
उक्त वार्डको सेवा आजैबाट सुरु गरिने अस्पतालका निदेर्शक चक्रराज पाण्डेले बताए ।
७ वर्षमा ग्राण्डीले ४ हजारभन्दा बढी विदेशी, ८ लाखभन्दा बढी बाहिरी बिरामी, ५० हजार भित्रि बिरामी, ३० हजार वटा अपरेसन, ईमरजेन्सीमा ४१ हजारलाई सेवा, हेली रेस्क्यु मार्फत ३ हजार भन्दा बढीलाई सेवा दिईसकेको पाण्डेले जानकारी दिए।
वार्षिकत्सवको अवसरमा ग्राण्डीले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । यही अवसरमा ग्राण्डीले दोस्रो ग्राण्डी जर्नलको पनि सार्वजनिक गरेको छ ।
ग्राण्डी ईन्टरनेसनलले १ वर्ष देखि नेपालमै पहिलोपटक स्पोर्ट मेडिसिन, स्पाईन सर्जरी, इर्मजेन्सी मेडिसन र हेपाटोप्यानक्रयाटिक गरेर ४ वटा क्षेत्रमा फेलोसिप कार्यक्रम सुरु गरेको अस्पतालका डिप्युटी डिरेक्टर डा. विनोद बिजुक्छेले बताए ।
अस्पतालमा १ सय ७१ प्रशासन कर्मचारी, १ सय ९१ टेक्निकल स्टाफ, ३ सय २ जना नर्स, १ सय ७० जना भन्दा बढि डाक्टर, १ सय ५३ हाउस किपिङ, ३७ जना सेक्युरिटी स्टाफ र १ सय २० जना स्टाफ रहेका छन् ।